
काठमाडौं । कोरोना भाइरस जितेर एकैदिनमा चारजना घर फर्किएका छन् ।
निको हुनेमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका रौतहटका १९ बर्षीय पुरुष १२औं दिनमा र अन्य तीन जना भारतिय पुरुष १५औं दिनमा निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
निको भएका तीनजना भारतिय पुरुषहरु रौंतहटको छपकैयास्थित मक्की जामे मस्जिदमा बसिरहेकामध्येका रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । उनका अनुसार यो संगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १६ पुगेको छ भने संक्रमितको संख्या ५१ पुगेको छ ।
एकै दिन कोरोना जितेर ४ जना घर फर्किए, निको हुनेको संख्या १६ पुग्यो
एकै दिन कोरोना जितेर ४ जना घर फर्किए, निको हुनेको संख्या १६ पुग्यो
Posted by Anmol Media on Sunday, April 26, 2020











