
काठमाडौँ । युरोपेली युनियन (ईयू) ले कोरोना विरुद्ध लड्न र यसको नियन्त्रण गर्न नेपाललाई झन्डै १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपालस्थित ईयू कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ईयूले ७५ मिलियन युरो अर्थात् करिब ९ अर्ब ९० करोड ८१ लाख ५० हजार रुपैयाँ नेपाललाई सहयोग गर्न लागेको हो ।
नेपालका लागि ईयूकी राजदूत भेरोनिका कोडीले यो संकटको समयमा ईयू नेपालको लागि भरपर्दो साथी र सहयात्री भएको विज्ञप्तिमार्फत बताएकी छन् । विज्ञप्तिअनुसार ईयूले झन्डै १५ अर्ब रुपैया विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गरेको छ ।






