
काठमाडौं । बलिउडका अर्का चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित ६७ बर्षीय अभिनेता कपुरको बिहीबार बिहान मृत्यु भएको भारतियसंचारमाध्यमहरुले जनाएका छन् ।
स्वास्थ्यमा गम्भिर भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाई रणधीर कपुर बताए । भाइ रणधीरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । हिजो (बुधबार) मात्रै बलिउडका लोकपृय अभिनेता इरफान खानको मृत्यु भएको थियो । उनि पनि क्यान्सर पीडित थिए ।









