कोराेना निको भएर घर फर्किएका रौतहटका युवा पुन : आइसोलेसनमा

वीरगञ्ज । कोरोना निको भएर घर फर्किएका रौतहटका एक युवालाई पुन : अस्पताल ल्याइएको छ । नारायणी अस्पतालबाट कोरोनामुक्त भई बैशाख १४ गते डिस्चार्ज भएका उनलाई रिपोर्ट शंकास्पद आएपछि पुन : अस्पताल ल्याएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको बताइएको छ । नारायणी अस्पतालबाट उनीसँगै अरु तीन जना कोरोना निको भएपछि बैशाख १४ गते घर फर्किएका थिए ।

अस्पतालबाट एम्बुलेन्समा घर फर्किएका उनी घरमा परिवार र आफन्तसँग बस्दै आएका थिए । स्वास्थ्यमा केही समस्या देखिएपछि शनिबार बेलुका स्वास्थ्यकर्मीको टोली उनलाई लिन रौतहट पुगेको थियो ।

नारायणी अस्पतालका अनुसार युवकको स्वास्थ्यमा समस्या देखिएको छ । उनको बुधबार अस्पतालबाट गएको टोलीले स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेकाे  थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार