
अर्घाखाँची । जंगली च्याउ खाँदा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने तीन जना विरामी परेका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३० वर्षे रामकला महत्रा रहेकी छन् ।
उनको च्याउ खाँएर बिरामी भएपछि उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको बताइएको छ । त्यस्तै उनका ७ वर्षे छोरी बिप महत्रा, ५८ वर्षे सासु लालसरी महत्रा र २१ वर्षे देउरानी लक्ष्मी महत्रा बिरामी परेका छन् ।
उनीहरु तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले पहिचान नभएको जंगली ज्याउ खाएर विरामी परेको स्थानीयले बताएका छन् ।









