आजै राती १२ बजेदेखि लागु हुनेगरी कर्णाली प्रदेश ७ दिनका लागि सिल


सुर्खेत । कर्णाली प्रदेश ७ दिनका लागि सिल गर्ने निर्णय गरिएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आजै राती १२ बजेदेखि लागु हुनेगरी सिल गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

छिमेकी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णालीले त्यसबारे उच्च सर्तकता अपनाउन प्रदेश सिल गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले बताए ।

संक्रमणबाट बच्नका लागि प्रदेशका विभिन्‍न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने समेत उनले बताए ।
कर्णाली सरकारले स्रकमणको पहिचान गर्नका लागि दृतगतिको चेकजाँच गर्ने ब्यवस्था मिलाएको छ । प्रदेशमा रहेका अस्पतालहरुमा आवश्यक चिकित्सक र स्वास्थ्य सामाग्रीको बन्दोबस्त गरिएको छ ।

बिशेषगरी भारत लगायत अन्य ठाउँबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भित्रिनेको संख्या ठुलो रहेकाले संभावित संक्रमणबारे सरकारले उच्च सर्तकता अपनाइएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार