भारतमा बिषाक्त ग्यास लीक भएर मर्नेको संख्या ९ पुग्यो, सयौं अस्पताल भर्ना

भारत । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा एक बालकसहित मर्नेको संख्या ९ पुगेको छ । ४ सय भन्दा बढी बिरामीलाई अस्पताल भर्ना गरिएको छ । अस्पताल भर्ना गरिएकामध्ये बालक र बृद्धबृद्धा बढी छन् ।

अस्पताल भर्ना भएकामध्ये २० भन्दा बढीको अस्वस्था नाजुक रहेको भारतिय संचारमाध्यमहरुले बताइरहेका छन् । एक हजार भन्दा बढी बिरामी परेका छन् ।

विशाखापटनको वेंकटपुरम गाउँमा बिहान करिब ३ बजे ग्यास चुहावट भएको हो । बिषक्त ग्यास चारैतीर फैलिएपछि सडकमा ५० भन्दा बढी मानिसहरु बेहास अवस्थामा भेटिएका छन् ।

घटनालगत्तै प्रहरीले सो क्षेत्रका पाँच गाउँ खाली गरेर १५ सय भन्दा बढी मानिसहरुलाई सुरक्षितस्थानमा सारिएको बीबीसीले जनाएको छ ।  एलजी पोलिपर्स कारखानाको  ४ किलोमिटर दायरामा विषाक्त ग्यास फैलिएको बताइएको छ ।

मल्टीनेशनल कम्पनी एलजी पॉलिमर्स इंडस्ट्रीको प्लांटबाट ग्यास लीक भएको बताइएको छ । सन् १९६१ मा स्थापित यो प्लान्ट सुरुमा हिन्दुस्तान पोलिमर्सको स्वामित्वमा थियो । सन् १९९७ मा यो प्लान्ट दक्षिण कोरियाली कम्पनी ‘एलजी’ ले लिएको थियो ।

बिषाक्त ग्यास सबैतीर फैलिएपछि मानिसहरुलाई श्वास फेर्न गाह्रो हुने, बान्ता हुने, आँखा पोल्ने समस्या भइरहेको भारतिय संचारमाध्यमहरुले बताइएको छ ।

यो भिडियो पनि हेर्नुहोस

भारतको आन्ध्रप्रदेशस्थित एक कम्पनीबाट बिषक्त ग्यास लीक हुँदा अहिलेसम्म ९ जनाको मृत्यु

भारतको आन्ध्रप्रदेशस्थित एक कम्पनीबाट बिषक्त ग्यास लीक हुँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ सयौं अस्पताल भर्ना भएका छन् । यसरि सडकमा मानिसहरु ग्यासले ढल्दैछन् । -Video Social Media

Posted by Anmol Media on Thursday, May 7, 2020

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार