नायिका स्वस्तिमा र केकी अमेरिकन चलचित्रमा काम गर्दै

काठमाडौं । नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्ने भएकी छन् । अमेरिकन चलचित्रमा स्वस्तिमा र केकीले दिदी बैनीको भूमिकामा काम गर्ने भएकी हुन् ।

केही समयअघि अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा र केकीलाई अनुबन्धित गरेकाे थियाे । उनीहरू अडिसनबाटै अनुबन्धित भएका हुन् ।

चलचित्रको विषयवस्तु थाहा नभएपनि चलचित्रमा स्वस्तिमा मुख्य भूमिकामा देखिने छन् भने केकी उनको बहिनीको रुपमा देखिने छन् । चलचित्र निर्माण पक्षसँग केकीको लिखित सम्झौता पूरा भइसकेको बताइएको छ ।

केही समय अगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको हो । चलचित्र टिमले अन्य नायिकाहरुको पनि अडिसन लिएको थियो । अमेरिकामै छायांकन गरिने, चलचित्रमा अन्य कलाकार भने अमेरिकन नै हुने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार