‘हटिजा’, ‘मारो मुझे’ लगायतका भाइरल शब्द समेटेर दिपक आरजेले बनाए दामी र्‍याप गीत


काठमाडौँ । कोरोनाका कारण देश लकडाउनमा रहँदा दर्शक श्रोतामा छाएको निरासालाई मध्यनजर गर्दै नयां र्‍याप गीत सार्वजनिक भएको छ । लोकपृय संचारकर्मी एवम् संगीतकर्मी दिपक आरजेको शब्द तथा संगीत रहेको “गो कोरोना गो” बोलको गीतमा हरिश सिन्हाले स्वर दिएका छन् ।

आइतबार बिहान उक्त गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतबारे सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् ।

कोरोना महामारीका बेला समाजमा भइरहेको विसंगति, बिकृति, भ्रस्टाचार र अन्धविश्वासलाई गीतको माध्यमबाट झटारो हान्ने प्रयास गरिएको संगीतकार दिपक आरजेले बताए ।

लकडाउनमा निरास बनेका दर्शक श्रोतालाई मनोरन्जन प्रदान गर्ने हेतुले तयार पारिएको गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीमा छायांकन गरिएको उनले जानकारी दिए ।

कुनै व्यवसायिक प्रयोजनका लागि गीत निर्माण गरेको नभइ धर्म, आस्था, राजनीति र पैसाका लागि जे पनि गर्ने गलत मानसिकताबिरुद्ध तयार गरिएको सर्जकको भनाई छ । गीतबाट मनोरंजन दिनका कोरोनाबारे जनचेताना दिने प्रयास पनि गरिएको छ ।

कोरोनाको बेला सामाजिक सञ्जालमा भाइरल भएका हटिजा, मारो मुझे, कालो टिका, थाल ठटाएको, दिप प्रज्वलन, कुखुरा काटी पुजा गरेको लगायतका शब्दहरुलाई गीतमा समेटेर ब्यंगसहित मनोरंजन दिने कोषिस गरिएको पाइन्छ ।

गीत हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार