
काठमाडौं । नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै संक्रमितको संख्या १ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार कपिलवस्तुमा १६ रुपन्देहीमा ६, बर्दियामा १ र सप्तरीमा १ गरी २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
सोमबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता ड. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।











