
वीरगञ्ज । पर्सामा कोरोना संक्रमितको संख्या ३९ रहेको छ । संक्रमितमध्ये दुइ जना पत्रकार रहेको बताइएको छ ।
आरायणी अस्पतालका अनुसार संक्रमित ३९ जनामा दुइ जना पत्रकार पनि संक्रमित रहेका छन् । वीरगञ्जका पत्रकारले छपकैया र वीरगञ्जमै भेटिएका कोरोना संक्रमितको जोखिम मोलेर रिपोर्टिङ गरेका थिए ।
पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । मङ्गलबार उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।
छपकैयाका एकै परिवारका १८ जनामा कोरोना संक्रमण भएको खबर संकलनका लागि पनि उनीहरु जोखिम पोजेर त्यहाँ पुगेका थिए । उनीहरुलाई अरु संक्रमितबाट सरेको हुनसक्ने अनुमान गरिएको छ ।












