
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । नयाँ संक्रमित दाङ, उदयपुर, पर्साका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ६७ पुगेको छ ।
आज भेटिएका नयाँ संक्रमित काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुष रहेका छन् ।
उनीहरु सबै जनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।












