
काठमाडौं । नेपालमा आज (शनिबार) एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आज दिइएको विभिन्न अपडेटअनुसार नेपालमा आजमात्रै १३ जनामा संक्रमण भेटिएको हो ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ३, महोत्तरीमा २, बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ र धनुषामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २८१ पुगेको छ ।
त्यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ । संक्रमणपछि निको हुनेको संख्या ३६ रहेको मन्त्रालयले जनाएको छ ।












