
उदयपुर । सम्पर्कमा आएका एक पत्रकारलाई कोरोना संक्रमण देखिएपछि उदयपुरका नेकपा अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । सम्पर्कमा आएका सञ्चारकर्मीलाई संक्रमण देखिएपछि अध्यक्ष कटुवाल आइतबार आफैं जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् ।
आफुमा संक्रमणको कुनै लक्षण नदेखिएपनि संभावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन गएको उनले बताए । उनीसँगै सम्पर्कमा रहेका एक पत्रकारमा कोरोना रिर्पोट पोजिटिभ देखिएको थियो ।
हाल ती पत्रकार विराटनगरको कोशी कोभिड–१९ अस्पतालको आइसोलेसनमा भर्ना छन् । उनमा कोरोना संक्रमण भए नभएकोबारे परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।











