
काठमाडौं । अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् नेपाली युवा दिवेश पोखरेल । आज भएको फाइनल राउण्डबाट उनी उपविजेतामै सिमित भएका छन् ।
अमेरिकन आइडल बन्ने दिवेशको सपना अधुरै रहेको छ । उनलाई चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनेका छन् ।
भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो ।
उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।
आइडल नबने पनि दिवेशको यो यात्रालाई निकै सुखद यात्राका रुपमा लिन सकिन्छ ।
अहिलेसम्म कुनै पनि नेपाली अमेरिकन आइडलको फाइनल सम्म पुगेका छैनन् । यो नेपाली युवा र गायन क्षेत्रका लागि निकै खुसिको कुरा हो ।










