
बारा । बाराका एक पत्रकारमा कोरोना संक्रमण भएको खुलेको छ । सोमबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
बारामा भेटिएका संक्रमति पत्रकार भएको बताइएको छ । यो संगै संक्रमित हुने पत्रकारको संख्या ५ पुगेको छ । यसअघि पर्सामा २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्मको अपडेटअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ भने कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । संक्रमणपछि निको हुनेको संख्या ३६ रहेको छ ।
नेपालमा भेटिएका संक्रमितहरु भारतबाट फर्केका बढी छन् ।












