थप १७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, धनकुटा र सुनसरीमा थप १७ जना कोरोना संक्रमित भेटिएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

झापाको कचनाकवल गाउँपालिकामा मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा संक्रमित भेटिएका छन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमै कोरोना निको हुनेको संख्या ४५ पुगेको छ । बुधबार कोसी अस्पताल विराटनगरबाट ८ जना निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार