उच्च ज्वरो आएर अस्पताल भर्ना भएका बालकमा कोरोना एन्टिबडी पोजेटिभ


वीरगञ्ज । उच्च ज्वारो आएर अस्पताल भर्ना भएका एक बालकमा कोरोनाको एन्टिबडी पोजिटिभ देखिएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएका ९ वर्षीय बालको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।

वीरगञ्ज महानगरपालिका २८ को वगहीका ती बालक उच्च ज्वरो आएपछि  शनिबार राति अस्पताल भर्ना भएका थिए । शंका लागेर अस्पतालले उनको आरडीटी परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

पाँच दिनदेखि ज्वरो आएका बालकको यसअघि भवानी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सन्चो नभएपछि अस्पतालले नारायणी अस्पताल रिफर गरेको थियो । ती बालकको ज्वरो नाप्दा १०३ डिग्री रहेको अस्पतालले जनाएको छ ।

उनको राति नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकेको छ । अहिले उनको अवस्था सुधार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार