थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि


बारा । बारामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षक रहेका छन् ।

आइतबार उनलाई संक्रमण देखिएपछि कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

बारामा यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण देखिएको थियो। उनी कार्यालयको मुद्दा शाखामा काम गर्छन्। यसअघि संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा रहेकाको परीक्षण गर्दा थप एकजनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा योसँगै कोरोना संक्रमितको संख्या ५ सय ९२ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको छ भने ८९ निको भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार