
पर्सा । पर्सामा दुई पत्रकारसहित थप ४३ जना कोरोना जितेर घर फर्केका छन् । उनीहरु सामबार नारायणी अस्पतालको आइसोलेसन वार्डबाट डिस्चार्ज भएर घर फर्केको अस्पतालले जनाएको छ ।
कोरोना जितेर घर फर्किने पत्रकार नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का एकजना रहेका छन् । उनीहरुलाई गत वैशाख ३० गते कोरोना पुष्टि भएको थियो ।
संक्रमितहरुको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए । उनका अनुसार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक सबै पर्साका रहेका छन् ।
नारायणी अस्पतालबाट यसअघि कोरोना जितेर आइतबार वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना र शनिबार ९ जना डिस्चार्ज भएका थिए ।











