थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२


काठमाडौं । नेपालमा थप १७० जना कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लाहरुमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको शुक्रबार स्वास्थ्य मन्त्रालयकले गरेको मिडियो ब्रिफिङमा जानकारी दिइएको छ ।

योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या १२१२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार यि संक्रमितहरु झापा, सप्तरी, बारा, पर्सा, सर्लाही, म्याग्दी, बाँके, कपिलवस्तु, नवलपरासी, दाङ र रौतहटका रहेका छन् । संक्रमितहरु ७ बर्षदेखि ५६ उमेर समुहका रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार