
कालिकोट । कालीकोटमा टिपर दुर्घटनामा परी मृत्यु भएका, घाइते र बेपत्ताको पहिचान भएको छ । मृतकको सनाखत गरिएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको रास्कोट नगरपालिका २ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेका छन् ।
बुधबार विहान भएको दुर्घटनामा परी अझै ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन् ।
दुर्घटनामा रास्कोटकै ९ जना घाइते भएका छन् । घाइते हुनेमा अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की रहेका छन् ।
घाइतेको अहिले जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपरमा सवार २२ जनाको भने सकुशल उद्धार गरिएको छ ।
भारतबाट आएका नागरिकलाई क्वारेन्टिनमा लैजादै गरेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार विहान कर्णाली नदीमा खसेको थियो । टिपरमा ३९ जना यात्रु थिए । उनीहरु सबै रास्कोट नगपालिकाका स्थानीय हुन् ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।










