उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना पुष्टि भएपछि, स्वास्थ्यसंस्था सिल

वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बालकमा पीसीआर पोजिटिभ देखिएको छ । बाराको निजगढ ६ का ५ वर्षीय बालकको यसअघि आरडिटी रिपोर्ट पनि पोजिटिभ आएको थियो ।

निमोनियाका कारण सिकिस्त बनेका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । मृतक बालकमा कोरोना पुष्टि भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल सिल गरिएको छ ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाएरै बालकको उपचार गरिएको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ । बालकको शव बिहान नेपाली सेनालाई जिम्मा लगाइसकिएको र शवलाई गाउँमै लगेर सामाजिक परम्परा अनुसार अन्तिम संस्कार गर्ने तयारी परिवारका सदस्यहरुले गरेका छन् ।

कोरोना संक्रमण बढ्ने भन्दै निजगढमा बजार पनि पूर्ण रुपमा बन्द गरिएको छ ।

शनिबार बिहानै निजगढ नगरपालिकास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठक बसेको छ । बैठकपछि नगर प्रमुखले बजार बन्द गरेर सहयोग गरिदिन आह्वान गर्दै विज्ञप्ती निकालेका छन् ।

विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्म अत्यावश्यक औषधी पसल बाहेकका अन्य पसल बन्द गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार