प्रधानसेनापति थापा र सशस्त्र प्रहरी प्रमुख खनाल दार्चुला प्रस्थान


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल दार्चुलातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमा उनीहरु बुधबार विहान दार्चुला प्रस्तान गरेका हुन् ।

दार्चुला दुबै जनाले कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्ने उनीहरुको तयारी छ ।

पछिल्लो समय भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि विवाद सिर्जना भएपछि दुई ठाउँमा बीओपी स्थापन गरिएको छ ।
अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ ।

त्यहाँ बीओपी स्थापनासँगै बाटो बनाउने काम पनि नेपाली सेनाले गरिरहेको छ । यसअघि त्यहाँका स्थानीयले भारतीय बाटोको प्रयोग गर्दै आइरहेको कुरा बाहिर आएको छ ।

बीओपी स्थापना पछि प्रधानसेनापति थापा र सशस्त्र प्रहरी प्रमुख खनाल पहिलो पटक दार्चुला गएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार