
काठमाडौँ। गायक प्रकाश सपुतले ‘पीर’ गीतको भिडियोमा समावेश विवादित दृश्य सच्याएपछि माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले धन्यवाद दिएको छ।
उक्त संगठनकी अध्यक्ष पञ्चा सिंहले आज सामाजिकसंजाल फेसबुकलमार्फत गायकलाई सपुतलाई धन्यवाद दिदै सफलताको शुभकामना समेत दिएकी छन् ।
“प्रकाश सपुतजीले भिडियोको विवादास्पद दृष्य हटाउनु भएछ। यो निर्णयको लागि धन्यवाद भन्न चाहन्छु। यो विवादास्पद दृष्य हटाउन आग्रह गर्दा सामाजिक सञ्जालमा आएका टिप्पणीहरु केही स्वघोषित बौद्धिक भन्नेहरुका विश्लेषणहरु र यो गीतलाई लिएर गर्न खोजिएको राजनीतिकरणको हतारो देखेर मित्रहरूप्रति भने दया लागेको छ”, उनले स्टाटसमा लेखेकी छन् ।
गल्तीको वस्तुनिष्ठ समीक्षासहित गल्ती सच्याउन सक्ने महानता कमै मान्छेमा हुने उल्लेख गर्दै अध्यक्ष सिंहले गायक सपुतले फेरि मन जितेको बताएकी छन् ।
“यातनाका हरेक दस्तावेजमा हस्ताक्षर गर्न तयार बनियो। तर गलतलाई सहि भन्न माओवादी स्कुलले कहिले सिकाएन। दृष्य गलत भएकै कारण निरन्तर विरोध थियो। मान्छेबाट गल्ती हुन्छन्। तर, गल्तीको वस्तुनिष्ठ समीक्षासहित गल्ती सच्याउन सक्ने महानता कमै मान्छेमा हुन्छ। त्यो महानता कायम गर्न सफल बन्नु भयो प्रकाश सपसतजी तपाईंले फेरि मन जित्नु भयो तपाईंलाई हार्दिक धन्यवाद छ। तपाईंको अपार सफलताको शुभकामना”, उनले लेखेकी छन् ।
गायक सपुतले एकहप्ताअघि सार्वजनिक गरेको नयां गीत पिरमा माओवादी पूर्व महिला लडाकु यौन ब्यवसायमा रहेको दृष्य समावेश गरेका थिए ।
जसको माओवादीका विभिन्न नेता तथा संघ संगठनहरुले चर्को विरोध गर्दै उक्त दृश्य हटाउन आग्रह गरेका थिए । उक्त दृश्यले माओवादी जनयुद्धको अपमानसंगै पूर्वलडाकुको आत्मसम्मानमा गहिरो चोट पुर्याएको उनिहरुको भनाई थियो । उक्त दृश्यले महिलाको समेत अपमान गरेको भन्दै सच्याउनु पर्ने आवाजहरु उठेका थिए । अन्तत गायक सपुतले आज दिउँसो उक्त विवादित दृश्य हटाएका छन् ।
यस समाचारसंग सम्बन्धित भिडियोहरु हेर्नुहोस









