
गुल्मी । होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छन् ।
उनको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
मृतक जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बसेका थिए । मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ ।











