प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि


सुर्खेत । प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो।

उनीहरुको पिसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आईसोलेशन वार्डमा राखिएको छ ।

पोजेटिभ देखिएकाहरुमध्ये ४ जना प्रयोगशालामा कार्यरत हुन्। एक जना भने एक्सरे कक्षमा कार्यरत हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार