जस्लाई कोरोना र लकडाउनको प्रवाह छैन्, गोठ र खेतबारीमै मस्त अनि व्यस्तछन्

काठमाडौं । ‘नेपथ्य ब्यान्ड’  यो नाम नेपाली मात्रै होइन् विदेशको जुनसुकै ठाउँमा बसोबास गर्ने नेपाली युवाको मुखमा जुन्डिएको छ । यो ब्यान्डले नेपाल र विदेशका धेरै ठाउँमा आफ्नो लाइभ कन्सर्ट प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान बनाएको छ ।

यसै ब्यान्डका चर्चित गाएक हुन् अमित गुरुङ । उनको नाम नसुनेका युवा विरलै होलान् । लाइभ कन्सर्टमा उनले गाएको गीत सुन्नेर नाँच्ने, उफ्रिनेको कमी छैन् ।

तर, विगत तीन महिना देखि उनले अरुलाई उफार्न सकेका छैनन् । तर, गाउँघरको बाँझो जमिनलाई हरियाली बनाएका छन् । विश्वभरी फैलिएको कोरोना महामारीका कारण यतिबेला उनी आफ्नो पुर्खेउली घर गोठबारीमा छन् ।

उनलाई न त, कोरोनाको डर छ न त, लकडाउन कसरी काट्ने भन्ने चिन्ता नै छ । कहिले मकैबारीमा रमाई रहेका देखिने उनी कहिले धानरोप्दै रमाई रहेका छन् ।

उनले आफ्नो घर परिवरी रहेको बाँझो जमिनलाई हराभरा बनाइरहेका छन् । साँच्चिकै उनको यो काम निकै नै तारिफ योग्य छ ।

उनको दैनिकी पनि यसरी नै वितिरहेको छ । उनी आफ्नो गाउँ फर्किएर खेती किसानीमा रमाएका छन् । खेतबारी बाँझो रहने क्रम बढ्दै गएको समयमा गाउँमै रहेका र गाउँ फर्किन लागेका धेरैका लागि गुरुङको कृषिप्रेम प्रेरणा समेत हुनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार