कविताः जिउँदो बिधुवी

शिरमा सिन्दूर गलामा पोते, त्यही पनि एक्लो हुन्छे।
लोकलाई देखाउन बाहिर हाँसेर, उ एकान्तमा रुन्छे।।
माया गरे जस्तो गरि पलपल जिउँदै जलाउँदा पनि,
झिनो आशा बोकी बिचरी सपनाहरुको तान बुन्छे।।

अरुलाई अङ्गालो मार्छ फेरि गलत उनिलाई देख्छ।
कति बाध्यता हुन्छ नारीलाई बोल्न उसैले छेक्छ।।
जाउ काहाँ ठाउँ छैन् बसौ जिउँदो बिधुवा सरी छ,
पानी माथिको ओभानो बनेर उल्टो बचनले छेड्छ।।

उसलाई चाँडबाँडको रौनकले हर्ष उमंङ्ग छाउँ छ।
ऊ पुरुष हो जे गरेनि हुन्छ दोष नारीलाई लाउँ छ।।
उकुस मुकुस पीडा नारीमा हुँदा केही फरक हुन्न,
जिउदो बिधुवी मन्द मुस्काउँछे तर मुटुमा घाउ छ।।

रेखा बिवश
इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार