
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको । पहिरोमा पुरिए गम्भिर घाइते भएका एक जनाको उपचारकाक्रममा पाल्पा मिसन अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यसअघि घटनास्थलमै पुरिएको अवस्थामा दुई वटा शव फेला परेका थिए ।
मृतकहरुको सनाखत भइनसकेको पाल्पाका डीएसपी मदन गिरीले बताए । तिनैजनाको शव पाल्पा अस्पतालमा राखिएको छ ।
लगातारको वर्षाले सोमबार बिहानैदेखि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको थियो । पहिरोले बाटो अवरुद्ध भएपछि रोकि राखिएका सवारी साधनहरुलाई पहिरोले बगाएको थियो । पहिरोले एउटा पानी बोक्ने ट्यांकर, एउटा कार, एउटा जिप र एउटा मिनी ट्रक पुरिएको छ ।
पहिरोले सडकबाट बगाएको सवारी साधनमा कति जना मानिसहरु सवार थिए भन्नेबारे अझै यकिन हुन नसकेको उद्धारमा खटिएका प्रहरीको भनाई छ । पहिरो झण्डै दुई सय मिटर तल खसेको र पहिरो पन्छाउने कार्य भइरहेको डीएसपी गीरीले बताए ।
भिडियो हेर्नुहोस
पाल्पामा पहिरो जाँदा ४ गाडी बगाएको र २ जनाको शव भेटिएको भिडियो हेर्नुहोस ।
दुखद घटनाः पाल्पामा पहिरो जाँदा ४ गाडी बगाएको र २ जनाको शव भेटिएको सम्पादन नगरिएको लाइभ भिडियो । #Copiedvideo
Publiée par Anmol Media sur Lundi 22 juin 2020











