सुर्खेतमा उपचाररत दैलखका कोरोना संक्रमितको मृत्यु


सुर्खेत । सुर्खेतमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको आईसीयूमा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

क्षयरोगका बिरामी समेत रहेका उनि संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा भर्ना भएका उनको मंगलबार मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

योसंगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सुर्खेतमा २, डोल्पा र दैलेखमा १ / १ जनाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार