
काठमाडौं । रुकुम सोती नरसंहारका दोषीमाथि हदैसम्मको कारवाहीको माग गर्दै काठमाडौं उपत्यकामा निरन्तर आन्दोलन जारि छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले रुकुम घटना र देशमा भएका अन्य जातिय विभेदका घटनाका दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने भन्दै विरोध प्रदर्शन गर्दै आएको छ ।
संघर्ष समितिले दोस्रो चरणको आन्दोलन स्वरुपमा मंगलबार काठमाडौंमा सिठी जुलुस प्रदर्शन गरेको हो । माइतीघरबाट सयौंको संख्यामा व्यानर र विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारी सिठी बजाउँदै वानेश्वर पुगेका थिए ।
वानेश्वरमा निषेधित क्षेत्र नजिक पुगेर प्रदर्शनकारीहरुले रुकुम घटनाका दोषीलाई उम्काउने षड्यन्त्र भइरहेकाले सबैले सशक्त आवाज उठाउनु पर्ने बताएका छन् । दर्शनकारीहरुले पीडितलाई न्याय र दोषीलाई हदैसम्मको कारवाही नभएसम्म आन्दोलन जारी रहने समेत बताएका छन् ।

संघर्ष समितिले दोस्रो चरणको आन्दोलन अन्र्तगत भोली (बुधबार) दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको अधिकारकर्मी तथा साझा पार्टीका नेता प्रकासचन्द्र परियारले जानकारी दिए ।
जाजरकोटबाट नवराज विक आफ्ना साथीसहित रुकुम सोतीमा रहेकी मल्ल थरकी प्रेमीकालाई भगाएर विहे गर्न जाँदा जेठ १० गते साँझ किशोरीका आफन्त र गाउँलेले आक्रमणगरी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए ।
उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोतीका ३४ जना बिरुद्ध मुद्धा चलाएको छ । जसबारे रुकुम जिल्ला अदालतमामा वकीलहरुबीच वहश भइरहेको छ ।
भिडियो हेर्नुहोस
रुकुम सोती घटनाको विरोधमा काठमाडौंमा सिठी जुलुस
रुकुम सोती घटनाको विरोधमा काठमाडौंमा सिठी जुलुस !
Publiée par Anmol Media sur Mardi 23 juin 2020










