आज थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ नयां कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार थप ६२९ मध्ये महिला ११० पुरुष ५१९ रहेको छन् ।

योसंगै नेपालमा संक्रमितको संख्या दश हजार ७ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  पछिल्लो २४ घण्टामा कोरोना निको भएर ११४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा अहिलेसम्म कोरोना जितेर घर फर्केको संख्या २ हजार ३ सय ३८ रहेको समेत डा. प्रवक्ता गोतमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार