भोकमरी ल्याउने सलह किरा एकैदिन बारा, पर्सा, रुपन्देही, सर्लाही र रौतहटमा देखियो, किसान चिन्तित


काठमाडौं । भोकमरी ल्याउने किराका रुपमा चिनिएको सलक किरा एकैदिन नेपालको मधेस क्षेत्रका विभिन्न जिल्लाहरुमा देखिएको छ ।
शनिवार बिहान बारा र पर्सा जिल्लामा देखिएको सलक किरा दिउँसो रुपन्देहीको बुटवलसंगै रौतहट र सलार्हीमा पनि देखिएको छ ।

अफ्रिकाबाट भारत हुँदै शनिवार नेपाल भित्रिएको सलह किराको बथानले फलफुल, अन्नवालीमा बसेर क्षती पुर्याइरहेको बताइएको छ । जसका कारण यि जिल्लाहरुका किसानहरु चिन्तित भएका छन् ।

लाखौंको संख्यामा उडेर आउने सलह किराहरुले क्षणभरमै अन्नवालीलाई विनास गर्दिछन् । उनिहरु बसेको ठाउँमा क्षणभरमै मरभुमी जस्तै सुख्खा र उजाड जमिन पारिदिने बताइन्छ ।

रौतहटको चन्द्रपुर नगरपालिका २ र गुजरा नगरपालिका वडा ३ मा सलह कीरा देखिएको स्थानियहरुले बताएका छन्। कृषि ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाका अनुसार यि क्षेत्रमा बिहान सलह किरा देखिएको हो ।

सलह किरा रुपन्देहीको सुख्खानगर, रामनगर, गोलपार्क, रामनगर लगायतका क्षेत्रमा देखिएको स्थानीयले बताएका छन् । शनिवार विहानै मधेसका विभिन्न जिल्लाहरुमा सलक किरा देखिएपछि कृषी मन्त्रालयले दिउँसो आकस्मिक रुपमा अनलाइन बैठक समेत डाकेको थियो ।

सलह देखिएको ठाँउमा सम्बन्धित जिल्लाको कृषी प्रावधिक टोलीले निरिक्षण समेत गरिरहेको छ । भारतका विभिन्न ठाउँमा सलहले ठुलो क्षती पुर्याइ रहेका बेला नेपालको कृर्षी मन्त्रालय लगायत विज्ञहरुले नेपालमा सलहको आउन नसक्ने भन्दै दावी गरेका थिए ।

पश्चिमी वायुसंगै सलह नेपाल छिरेको भन्दै अहिले वैज्ञानिकहरुले यसबारे अन्य देशका विज्ञहरुसंग सोधपुछ र अध्यन, अनुसन्धान गरिरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार