थप एक जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । नेपाल थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका २९ वर्षीय पुरुष रहेका छन् ।

उनको गएराति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो । दमका रोगी उनलाई अस्पतालले भ्याण्डिलेटरमा राखेको केही बेरमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार