
विराटनगर । पूर्वको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित रंगेहात पक्राउ परेका छन् । उनलाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले घुससहित रेंगेहात पक्राउ गरेको हो ।
अघिकृत पोखरेलले विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गरिदिने भन्दै सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । बिहीबार साँझ उनी घुस लिन इटहरी बजारको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए ।
घुस लिएर होेटलबाट बाहिर निस्केका उनलाई अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ ।







