महोत्तरीको कारागारमा महिला कैदीको मृत्यु


जलेश्वर । महोत्तरीमा रहेको जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुन रहेकी छन् ।

केहिदिन देखि बिरमी खातुनको गएराति उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी परेपछि औषधी सेवन गरिरहेकी उनलाई गत बिहीबार जलेश्वर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उनी गत मंसिर १९ गतेदेखि कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार