
सप्तरी । कोरोनाबाट ज्यान गुमाएका एक बृद्धका परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकोे राजविराजका ७२ वर्षीय बृद्वको परिवारका ५ जना सदस्यमा कोरोना पुष्टि भएको हो ।
उनको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।
उनको मृत्युपछि परिवारका सदस्यको कोरोना परीक्षण गर्दा उनकी पत्नी, छोरा, बुहारी, नाति, नातिनामा कोरोना पुष्टि भएको बताइएको छ ।
संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।
उनका परिवार दुई साताअघि भारतबाट फर्किका थिए ।










