
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालीका वडा ३ निवासी ६० बर्षीय बृद्ध रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनको आज बिहान टिचिङ अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा निमोनिया, श्वासप्रवास, मृगौला र मष्तिक्सघातको समस्या रहेको प्रवक्ता गौतमले बताए । योसंगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।











