
काठमााडौं । आज थप ३११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा परिएको परीक्षणमा थप ३११ जनामा कोरोना पुष्टि भएको हो ।
योसंगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल नेपालमा सकृय कोरोना संक्रमितको संख्या ५ हजार १३९ रहेको मन्त्रालयले जनाएको छ ।








