
वीरगञ्ज । पछिल्लो समय वीगञ्जमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । दुई दिनमा पाँच जनाको मृत्यु भएसँगै मृतकको संख्या बढ्दै गएको हो ।
बिहीबार राति कोरोना संक्रमणबाट वीरगञ्जमा जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ ।
भारत घर भई वीरगञ्ज ११ श्रीपुर बस्ने ५६ वर्षीय उनको उपचारका क्रममा अस्पतालको भेन्टिलेटरमा मृत्यु भएको हो ।
मुटु समबन्धी समस्याबाट पीडित उनको कोरोना संक्रमण पछि अवस्था गम्भिर भएपछि अस्पतालको मेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । योसँगै कोरोना बाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।











