
सिरहा । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलित महिला चुनिएपछि गैरदलितले विद्यालयमा ताला लगाएका छन् । दलित समुदायको अध्यक्ष आफूलाई स्वीकार्य हुँदैन भन्दै गैरदलितले विद्यालयमा ताला लगाएका हुन् ।
सिरहाको मिर्चौया नगरपालिका वडा ४ रहेको कुथन प्राथकिम विद्यालयमा दलित समूदायकी चन्दा भवानी महरा अध्यक्षमा निर्वाचित भएकी छन् । उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमतिले चुनिएकी हुन्न् ।
महारा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि स्थानीयले विरोध गर्दै विद्यालयमा ताला लगाएका छन् । गैरदलितले दलित समुदायको अध्यक्ष कुनै पनि हालतमा स्विकार्दैनौ भन्दै स्कुलमा दाताबन्दी गरिएको बताइएको छ ।
उक्त प्राथमिक विद्यालयमा अहिले धेरै दलित समुदायका बालबच्चाहरू अध्ययन गरिरहेका छन् । गैरदलितले स्कुलमामा तालाबन्दी गर्नु जातीय विभेदेको पराकाष्ठा भएको दलित जागरण केन्द्र नेपाल, गोलबजार सिरहाका सचिव संजय महराले बताएका छन् ।
अभिभावकले विद्यालयमा लगाएको ताला तत्काल खोलेर सहज परस्थिति बनाउन सम्बन्धीत निकायसँग माग गरेका छन् ।











