
धनुषा । लकडाउन हटेसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दैछ । पछिल्लो समय प्रदेश २ मा संक्रमितको संख्या बढ्दै गइरहेको छ । संक्रमित बढ्दै गएपछि प्रदेशका केहि ठाउँमा निषेधाआज्ञा समेत गरिएको छ ।
यसैबीच, सोमबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार संक्रमितहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
आजै प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।











