स्थानीय प्रशासनद्धारा सर्लाहीमा साउन २७ गतेसम्म लकडाउन


सर्लाही । कोरोना संक्रमितको संख्या दिनप्रदिन बढ्न थालेपछि सर्लाहीमा पुन :  लकडाउन गरिएको छ । स्थानीय प्रशसानले बुधबारदेखि साउन २७ गतेसम्मका लागि लकडाउन गरिएको हो ।

जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम लकडाउन गरिएको हो । प्रशासनले जिल्लाभित्र रहेका नागरिकलाई अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय समेत गरिएको छ ।

प्रशासनले औषधि, उपचार, खाद्यान्न वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अति आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट ननिस्किने, अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेका गाडी, दमकल, दूध बोक्ने र खाद्य वस्तु बोक्ने सवारी साधन, शव बाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सर्लाही जिल्लाभर सञ्चालन नगर्ने आदेश दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार