
बारा । बारामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महागढीमाई नगरपालिका १ बस्ने अनिलकुमार लोहारकी ६ वर्षीया छोरी छाया कुमारी रहेकी छन् ।
उनको मंगलबार बिहान शौचालयको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । सफागरेर छोडिएको ट्यांकीमा खसेर बालिकाको मृत्यु भएको परिवारले जनाएका छन् ।













