
इटहरी । इटहरी उपमहानगरपालिकामा आजदेखि ५ दिनसम्म लकडाउन घोषणा गरिएको छ । पालिकाभित्रै कोरोना संक्रमित भेटिएपछि ५ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।
पालिकाले कोरोना संक्रमणको जोखिम बढेकाले इटहरी बजार लगायत पूरै उपमहानगरपालिका क्षेत्र लकडाउन गरिएको बताइएको छ ।
यसअघि पालिकाले १ सय ८ जनाको परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । त्यसमा तीन जना पालिकाका कर्मचारी पनि छन्।
आफ्नो स्थानीय तहमा संक्रमण नफैलियोस् भनेर लकडाउन गरिएको पालिकाले जनाएको छ । लकडाउनको बेला अति आवश्यक बाहेकका काम बन्द गरिएका छन् । लकडाउनको बेला पालिकाले कोरोना परीक्षणको दर पनि बढाउने निर्णय गरेको छ ।
पछिल्लो समय विभिन्न स्थानीय तहहरूले संक्रमणको जोखिम बढेको भन्दै निषेधज्ञा र लकडाउन गरिरहेका छन्।










