आजदेखि सवारीमा जोरबिजोर लागु, बेलुका ९ देखि बिहान ५ बजेसम्म आवतजावत बन्द

काठमाडौँ । सरकारले आजदेखि कोरोनाको जोखिम उच्च देखिएका ठाउँमा सवारीमा जोरबिजोर प्रणाली लागु गरेको छ । काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संंक्रमित रहेका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको हो ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हाे । त्यस्तै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत  पनि बन्द गर्ने निर्णय भएको जानकारी गराएको छ ।

मन्त्रालयको विज्ञप्तिमा काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रु वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमनमा निषेध गरिउको नियमलाई कडा गर्ने पनि जनाएको छ ।

मन्त्रालयको विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार