वाइसियल इन्चार्ज दिपशिखा भन्छन्ः अरुलाई बोकेर पार्टीलाई सुकेनाश नलगाऔं


काठमाडौ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले अरुलाई बोकेर पार्टीलाई कमजोर नबनाउन आग्रह गरेका छन् । सम्पन्न आम निर्वाचनपछि दलहरुबीचमा नयां सरकारको रस्साकस्सी सुरु भइरहेका बेला माओवादी केन्द्रका युवा नेता दिपशिखाले सामाजिकसजालमार्फत प्रतिकृया जनाउँदै यस्तो बताएका हुन ।

अरुलाई काँधमा बोकेर प्रधानमन्त्री बनाउनु भन्दा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बस्न उचित हुने बताउँदै अरुलाई बोकेर पार्टीलाई सुकेनास नलगाउन आग्रह गरेका छन ।

‘नत्र कसैलाई काधमा बोकेर प्रधानमन्त्री नबनाऔं । प्रमुख प्रतिपक्षी भएर बसौं । अरुलाई बोकेर पार्टी सुकेनाश नलगाऔं’, उनले सामाजिकसंजालमा लेखेका छन् ।

नेता दिपशिखाले चुनावमा पहिलो र दोस्रो पार्टी बनेका काँग्रेस र एमालेले विश्वासको मत लिँदै सरकार बनाउनु पर्ने समेत बताएका छन् । उनिहरुले सरकार बनाए माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्नुपर्ने उनले सुझाव समेत दिए ।

‘पहिलो पार्टीको हैसियतमा नेपाली कांग्रेस, दोस्रोको हैसियतमा एमालेले सरकारका लागि विश्वासको मत लियोस् र सरकार बनाओस् । यो उनीहरुको अधिकार पनि हो । उनीहरु नबनाए हाम्रो नेतृत्वमा सरकार बनाऔं’, उनले सामाजिकसंजालमार्फत भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार