आफ्नै रगतले श्रीमती बचाउने राजकिशोरको सपना अधुरै रह्यो, गलत रगत चढाउने चिकित्सक पक्राउ


धनुषा । महोत्तरीको गौशाला नगरपालिका २२ का राजकिशोरले श्रीमतीलाई सुत्केरी गराउन रामजानकी अस्पताल भर्ना गरे । २३ वर्षीया श्रीमती गंगादेवी महतोको नर्मल डेलिभरी हुन नसकेपछि सल्यक्रिया गर्नु पर्ने भयो ।

डाक्टरको सल्लाहमा गंगादेवीले शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगतको अभाव भयो । डाक्टरले परिवारलाई गंगादेवीको लागि ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको आवश्यकता पर्ने भएकाले खोज्न भनेका थिए ।

त्यसपछि चिकित्सकले दिएको रगतको ‘स्याम्प्ल’ लगेर राजकिशोरका दाजुभाई रगतको खोजिमा निस्किए । उनीहरु रेडक्रसमा पुगेपछि गंगगादेवीको रक्त समूह बी पोजेटिभ रहेको भन्दै श्रीमान राजकिशोरको पनि सोही समूह रहेकाले श्रीमतीका लागि एक पोका दिन सुझायो।

श्रीमानले रक्तदान गरे। र रेडक्रसले दिएको रगतको पोका चिकित्सकले दिए । अनि चिकित्सकले सुत्केरीलाई साेही रगत चढाए । र त्यही रगतका कारण गंगादेवीको शुक्रबार विहान मृत्यु भयो ।

श्रीमतीलाई बचाउन आफ्रनै रगत दिएर पनि राजकिशोरले अन्तत:  श्रीमतीलाई बचाउन सकेनन् । आफ्नो तर्फबाट सक्दो गरेका राजकिशोर श्रीमतीको मृत्यु डाक्टरकै लापरवाहिले भएको बताउछन् ।

कहाँ भयो गल्ति ?

राजकिशोरले ल्याएको रगतको बोका चिकित्सकले उनको श्रीमतीलाई चढाएका थिए । गंगालाई ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा रिएक्सन भएपछि उनको ज्यान गएको परिवारले जनाएको छ।

रेडक्रसले रगत दिनेबेला नै पोका फरक परेको हुनसक्ने अस्पतालको अनुमान छ । रेडक्रसले दिएको रगत चिकित्सकाले परीक्षण नगरी चढाएका थिए ।

अस्पताल र रेडक्रसको लापरबाहीले नै सुत्केरी महिलाको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानिरहेका छैनन् ।

प्रहरीले दुई जना चिकित्सकलाई पक्राउ गरेको छ । त्यस्तै रगत दिने रेडक्रसका पदाधिकारीलाई पनि सोधपुछका लागि लगिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार