कोरोनाबाट थप चार जनाको मृत्युसंगै मृतक संख्या ७० पुग्यो


काठमाडौं । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको नियमित कोरोना अपडेटअनुसार थप चार जनाको मृत्य भएसंगै मृतक संख्या ७० पुगेको हो । कोरोनाबाट मृत्यु हुने थप चारै जना प्रदेश २ का रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनकाअनुसार मृत्यु हुनेमा साउन २२ गते ललितपुरको पाटन अस्पतालमा पर्साको विरगंज-११ का ४५ वर्षीय पुरुष, सोहि ठाउँका ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मृत्यु भएको छ ।

त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन २२ गते सिराहाको मंगलबजार-१२ का २५ वर्षीय पुरुष र साउन २३ गते सर्लाहीको बसन्तपुरका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले पुष्टि गरेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । योसंगै, संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । कोरोना निको हुनेको संख्या अहिलेसम्म १५ हजार ८१४ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार